Dabali News

Ad

घाइते गगन थापामाथि ओलीले हाने धारे हातः कारसँगै उभिएर फोटो खिच्न गए हुन्छ

१८ मंसिर

काठमाडौं । चुनाव प्रचारप्रसारको समय सकिएर मौन अवघि सुरु हुन केही घण्टा मात्रै बाँकी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई सबै दलको पैसा खानु भन्दै सुझाव दिएका छन् । मौन अवधिलाई मतदाता किनबेचको समयको रुपमा लिइन्छ । त्यसमा पनि एमाले अध्यक्षले नै मतदातालाई पैसा खान सुझाव दिएका छन् ।

सोमबार काठमाडौं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजन भट्टराईलाई भोट माग्न कपन पुगेका अध्यक्षले ओलीले मतदातालाई त्यस्तो सुझाव दिएका हुन् । चुनावी सभालाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्रका कार्यकर्तालाई चेतावनी भाषामा आफू प्रचण्डलाई भोट माग्न गएको नभुल्न भन्दै भट्टराईलाई भोट हाल्न कन्जुस्याई नगर्न आग्रह गरेका थिए ।

अध्यक्ष ओलीले नेपाली काँग्रेसका नेता गगन थापालाई ‘सेलिब्रेटी’ भएको बताउँदै उनले जनताको लागि केही गर्न नसक्ने बताए ।

“सेलिब्रेटीको काम कारसँगै यसो उभिने हो । नाटकवाज होइन, कामवाज, जनतासँग चिप्लो कुरा गर्ने होइन, जनताका लागि मरिमेट्नेलाई रोज्नुस् ।”

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]