Dabali News

Ad

महिला तथा बालबालिका हिंसा बढ्दै,घरमा ढुक्कका साथ बस्न गहृो,मुख्य कारण मदिरा

१८ मंसिर

बैतडी । महिला तथा बालबालिका माथि हिंसा बढ्दै जानुको मुख्य कारण मदिरा बनेको छ ।

जिल्लाका १० वटै स्थानीय तहमा सबैभन्दा बढी मदिराको कारोबार बढेकाले ठुलो समस्या भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष चन्दले बताइन् ।

आफूले स्थानीय तहको चुनावको बेला भोट माग्दा मदिरा बन्द गर्ने आश्वासन दिएको भए पनि समाजमा काम गर्न समस्या भएको उनले बताएकी छिन् ।

महिला रक्सीका कारण निकै पीडत भएकाले उनीहरुको आवाज सुनेर मदिरा निषेध गर्न खोज्दा उल्टै गाउँपालिकाको नाममा मुद्दा परेको उनले बताइन् ।

उनले भनिन् “ समाजमा राम्रो काम गर्न निकै चुनौती छ, दिनभरि महिला बारीको काममा व्यस्त भए पनि साँझ घरमा ढुक्कसँग बस्न पाएका छैनन् ग्रामीण भेगका महिलाले आफ्नै घरपरिवारबाट हिंसा खेपिरहेका छन् ।”

द्रोपती चन्दका अनुसार, मदिराका कारण महिलाले निकै कष्ट भोरिहेका छन् । महिला तथा बालबालिका माथि हिंसा बढ्दै गएकाले उनीहरुले नै अभियान सञ्चालन गरेको बताइन् ।

डिलासैनी, सुर्नयाँ गाउँपालिका लगायत जिल्लाका स्थानीय तहमा समेत मदिराका कारण महिला हिंसामा परेका छन् ।

महिलामाथि हुने हिंसा धेरैजसो मिलापत्रमा टुंग्याउने गरिएको छ । आफूमाथि भइरहेको हिंसाका बारेमा अझै पनि महिला खुलेर बोल्न नसक्ने र प्रहरीमा पुगेका मुद्दा पनि अधिकांश मिलापत्रमा टुंगिने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महिलामाथि हुने घरेलु हिंसा न्यूनीकरणका लागि परिवारबाटै सचेतना अभियान सञ्चालन गर्नु पर्नेमा महिला अधिकारकर्मी लगायतका माहिलाहरुले जोड दिएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]