Dabali News

Ad

इजरेलबारे अमेरिकालाई जोर्डनको चेतावनी

१८ मंसिर

काठमाडौँ । अमेरिकाले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिए त्यसको परिणाम खतरनाक हुने चेतावनी दिएको छ ।

अयमान सफादीले त्यस्तो घोषणाले अरब र मुस्लिम जगतमा ठूलो आक्रोश निम्त्याउन सक्ने अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई भनेका छन् ।

चुनावी अभियानका क्रममा गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्तो घोषणा गर्न सक्ने अनुमान हुँदै छ ।

ट्रम्पका ज्वाइँ जारेड कुश्नरले अहिलेसम्म त्यस्तो निर्णय नभएको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले भने सार्वजनिक रुपमा कुनै प्रतिक्रिया िदएको छैन ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले त्यस्तो घोषणा नगर्न ट्रम्पलाई फकाउन अन्तर्रा्ष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

अब्बासको कार्यालयका अनुसार,फ्रान्सका राष्ट्रपति एमानुएल माक्रों र टर्कीका राष्ट्रपति रेजेप ताय्यीप एर्दोआन सहितका विश्वका नेताहरुलाई टेलिफोन गरेका थिए ।

एएफपीका आनुसार, अमेरिकी दूतावास जेरुसलेममा सार्ने अथवा जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने निर्णयले निम्त्याउने खतराको बारेमा जानकारी गराउने प्रयास गरेको छ ।

प्यालेस्टिनी नेताहरुले यसअघि नै त्यस्तो कदमले दुई राज्य सम्बन्धी समाधानमा खतरा निम्त्याउन सक्ने बताइ सकेका छन् ।

इजरेलले सन् १९६७ मा भएको मध्यपूर्व युद्धपछि पूर्वी जेरुसलेम माथि कब्जा गर्दै आएको छ । सन् १९८० मा अतिक्रमण र्गयो र त्यसलाई उसले आफ्नो विशेष भूभागको रुपमा हेर्दै आएको ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]