Dabali News

आजदेखि १८ औँ एसियाड शुरु

२ भदौ

काठमाडौं । आजदेखि इन्डोनेसियामा १८ औं एसियन खेलकुद प्रतियोगिता शुरु भएको छ ।

नेपालसहित ४५ राष्ट्रले एसियाडका ४ सय ६५ इभेन्ट्स खेल खेल्ने छन् । ४ हजार डान्सरले प्रदर्शन गर्ने कार्यक्रम पहिलो पटक फरक सहर जकार्ता र पालेम्बाङमा हुँदैछ ।

सन् १९६२ मा पहिलोपटक जकार्ताले एसियाड गर्दा १६ राष्ट्रले ९७ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए । ४५ राष्ट्रका खेलाडी तथा अफिसियललाई प्रभावित पार्न इन्डोनेसियाले अन्तर्राष्ट्रिय विमानस्थलदेखि सडक रंगिचंगी बनाएको छ ।

आज (शनिबार) साँझ गेलोरा बुङ कार्नो अन्तर्राष्ट्रिय रंगशालामा राइसा, टुलुस, इडो कान्डोलोगित, पुत्री एयु, फाटिन, कामासेए र भिए भालेनले प्रस्तुति दिने छन् । कृत्रिम पहाड बनाइएको छ । जहाँ इन्डोनेसियामा पाइने रूख र बिरुवा राखिएका छन् ।

एसियन राष्ट्रका नजरमा एसियाड ओलम्पिक जस्तै हो  । ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि कम्तीमा एसियाडमा राम्रो नतिजा निकाल्नुपर्छ भन्ने भावना सहभागी राष्ट्रहरूको छ ।

अहिलेसम्म चीन, जापान र दक्षिण कोरियाले मात्र पदकमा एकाधिकार जमाएका छन् । प्रत्येक संस्करणमा यिनै ३ राष्ट्रबीच मात्र स्वर्ण पदक जित्ने होडबाजी चल्छ । प्रतियोगितामा ओसिएसँग आबद्ध भएका राष्ट्रले मात्र भाग लिन पाउँछन् । यसको सक्रिय राष्ट्रका रूपमा नेपाल पर्छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]