Dabali News

Ad

म्यान्चेस्टर सिटीको लगातार जित

१८ मंसिर

काठमाडौँ । वेष्ट ह्याम युनाईटेडलाई २–१ ले हराउँदै म्यान्चेस्टर सिटीले इङ्गलिश प्रिमियर लिग फुटबलमा लगातार १३ औं जित हासिल गरेको छ ।

गएराति आफ्नै मैदानमा खेलेको म्यान सिटीविरुद्ध वेष्ट ह्यामका एन्जेलो ओग्बोनाले पहिलो गोल गरे । दोस्रो हाफमा सिटीका निकोलास ओटामेण्डी र डेभिड सिल्भाले एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँग ८ अंकको अग्रता कायम राखेको छ ।

१५ खेलमा म्यान सिटीको ४३ अंक छ भने म्यान्चेस्टर युनाईटेडले समान खेलबाट ३५ अंक जोडेसँगै ३२ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत भएको अर्को खेलमा बर्नमाउथले साउथ ह्याम्पटनसँग १–१ गोलको बराबरी खेलेको छ ।

खेलमा घरेलु टोलीका रायन फ्रेजरले पहिलो गोल गरेका थिए भने साउथ ह्याम्पटनका चार्ली अस्टिनले बराबरी गोल फर्काएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]