Dabali News

Ad

अब घरभेटीको ‘मनको कानुन’ नचल्ने, यस्तो नयाँ कानुन

१८ मंसिर

काठमाडौं । अहिलेसम्म नेपालमा घरबहाल सम्बन्धि कुनैपनि कानून नबेका कारण राजधानी काठमाडौँलगायत देशभरका घरबेटीको मनको कानून चल्दै आएको थियो । यसले बहालमा बस्नेहरु अन्ययमा पर्दै आएका थिए ।

आफ्नो आवश्यकताअनुसारको भाडा बढाउने र तिर्न आनाकानी गरे खाली गर्न चेतावनी सहदै आएकाहरुलाई थोरै भएपनि राहत मिल्ने गरी नयाँ कानुन आएको छ । नयाँ कानुनअनुसार हटाउन लिखित सूचना चाहिने र त्यसपछि उक्त घर आफैले प्रयोग नगरे उसैले पाउने व्यवस्था कानुनमा गरेको गरिएको छ ।

आगामी भदौबाट कार्यान्वयनमा आउने मुलुकी ऐनमा घरबहालसम्बन्धी नयाँ कानुनको व्यवस्था गरिएको छ । जसअनुसार अब घरबेटीले आफ्नै घर खाली गर्न मौखिक सूचना दिएरमात्र पुग्दैन । घरबेटीले लिखित सूचना दिएको ३५ दिनसम्म सोही घरमै बसेर अर्को व्यवस्था गर्न सकिन्छ ।

आफैंलाई घर आवश्यक भएमा बहालमा बसेकाहरुलाई घरधनीले हटाउन सक्छन् तर तीन महिनासम्म अरुलाई भाडामा दिन नपाइने र दिनै परे पहिले बहालमा रहेको व्यक्ति बहालमा लिनेमध्ये पहिलो प्राथमिकतामा पर्नुपर्ने व्यवस्था देवानी कानुनको दफा ४२२ को उपदफा ४ मा उल्लेख छ ।

कानुनतः मासिक १० हजार रुपैयाँसम्मको घर बहालमा लिन÷दिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्दैन । घर बहालको अवधि पाँच वर्षसम्म हुन सक्नेछ । तर, त्यसपछि बहालमा लिने÷दिने व्यक्तिले आवश्यकता अनुसार सहमतिमा पटक–पटक समय थप गर्न सक्नेछन् ।

यतिले मात्रै घरबेटीको मनपरीतन्त्रको अन्त्य हुँदैन । उनीहरुलाई करको दायरामा पनि ल्याउनुपर्छ । बहालबाट वर्षेनी करोडौं असुल्ने तर बहाल नतिर्ने र तिरेपनि समित रकम तिरेर ठूलो कर छली भइरहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]