Dabali News

कांग्रेसद्वारा कर बृद्विका विरुद्ध प्रदर्शन

१ भदौ

काठमाडौं । स्थानीय सरकारले चर्को कर लगाएको विरोधमा नेपाली कांग्रेस सडक संघर्षमा उत्रेको छ ।

बुटवल उपमहानगरले मनपरि रुपमा कर बृद्धि गरेको विरोधमा शुक्रबार कांग्रेस प्रदर्शनमा उत्रेको हो । उपमहानगरपालिकाले विना आधार घर बहाल कर, व्यसायी कर तथा हाटबजारमा व्यापार गर्नेलाई अत्यधिक कर लगाएको आरोप लगाउँदै प्रदर्शन गरेको हो । तिर्दै आएको करमा ५ सय प्रतिशतसम्म कर बृद्धि गरेको आरोप लगाउदै कर घटाउन माग गरेको छ ।

अस्पतालाइनदेखि हाटबजार हुँदै उपमहानगरको कार्यालयसम्म सरकारले लगाएको करका विरुद्ध कांग्रेसले नाराबाजी सहित प्रदर्शन गरेको थियो । नेपाली कांग्रेस नगर समितिको आह्वानमा भएको विरोध प्रदर्शनमा कार्यकर्ताहरुले ओली नेतृत्वको सरकारले जनतालाई कर थोपरेर अन्याय गरेको भन्दै नाराबाजी गरेका थिए ।

कांग्रेस नगरसभापति खेलराज पाण्डेले बुटवल उपमहानगरले एकलौटी रुपमा जनतालाई जानकारीसमेत नगराइ कर बृद्धि गरेको आरोप लगाएका छन् । सभापति पाण्डेले जनताले तिर्न नसक्ने गरी त्यो पनि सरोकारवालाहरुसँग व्यापक छलफल बिना अत्यधिक कर बढाएकाले बाध्य भएर सडकमा उत्रिनु परेको बताए ।

विरोध प्रदर्शनपछि बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख सुवेदीले बाहिर हल्लामा आए जस्तो करबृद्धि नभएको बताए । नगरको विकास सबैको साझा विकास भएकाले सबैको सहमतीमै अघि बढ्ने प्रतिबद्धता जनाए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]