Dabali News

आज देशभरका थारु समुदायले परम्पराअनुसार गुरहीपर्व मनाए

३१ साउन

काठमाडौं । नयाँ आर्थिक वर्ष शुरु भएपछि गणना गरिने थारु समुदायको पहिलो पर्व गुरही देशभरका थारु समुदायले परम्पराअनुसार मनाएका छन् ।

सोहीअवसरमा काठमाडौंमा बसोबास गर्ने थारुहरुले चम्पन सांस्कृतिक समूह, वर्दियाली थारु विद्यार्थी मञ्च, सर्वहित समाज, थारु युवा परिवार लगायतको संयुक्त आयोजनामा प्रदर्शनीमार्गमा गुरही पर्व मनाएका छन् ।

त्यस्तै धनगढीको गुरही चोक, सुखडको चोकमा पनि धुमधाम तरिकाले गुरही आस्राएर मनाएका छन् । गत २ वर्षदेखि काठमाडौंमा पनि गुरही पर्व मनाउँदै आएका छन् ।

यसको तयारीका लागि राजेन चौधरीको संयोजकत्वमा सोंटा बनाउने उपसमिति, अन्जु चौधरीको संयोजकत्वमा गुडिया (गुरही) बनाउने उपसमिति र सुशीला चौधरीको संयोजकत्वमा प्रसाद (भूजा, कोंहरी) बनाउने उपसमिति बनाइएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

नेपाली पात्रोअनुसार नागपञ्चमीका दिन थारु समुदायले गुरही पर्व मनाउने गर्छन् । गुरही पर्व खासगरी थारु चेलीबेटी तथा बालबालिकाहरुले सामुहिकरुपमा मनाउने गर्छन् । एकआपसमा विभिन्न परिकारका भूजा वितरण गर्ने, गुडियालाई सोंटाले ठटाउने प्रचलन रहेको छ ।

सांकेतिकरुपमा कपडाको गुडिया बनाएर त्यसलाई ठटाउने र अलच्छिनाको अन्त्य तथा वैरी दुश्मन गाउँघरबाट धपाउने, शुभ कामको आव्हान गर्ने मनसायले पर्व मनाइन्छ । वर्ष शुरुवातको पहिलो पर्व भएकाले आउने वर्षदिनका सबै पर्वहरु शुभ रहुन् र गाउँघरका सदस्यहरु सुखी रहुन् भन्ने मनसायले एकआपसमा खुशीयाली साटेर गुरहीपर्व मनाईन्छ ।

गुरहीले लामखुट्टे, भुसुना जस्ता किरालाई खाने हुँदा यसलाई राम्रो जिवको रुपमा लिई पुज्ने प्रचलन रहेको छ । काठमाडौंमा काम विशेषले करिब डेढलाख भन्दा बढी थारु समुदायका मनिसहरु बस्ने भएकाले यहाँ कार्यक्रम गरी मनााउने गर्छन् । यो पर्व खासगरी पश्चिमा थारुले मनाउने गर्छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]