Dabali News

Ad

बालविवाह अन्त्यका लागि कार्ययोजना

१७ मंसिर

बैतडी । बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तयार गरिएको छ ।

सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्य अन्तर्गत बैतडीलाई पनि बालविवाह मुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्य योजना तयार पारिएको छ ।

रणनीतिक कार्ययोजना निर्माणका लागि जिल्लाका सरोकारवालासँग छलफल गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला अधिकृत गणेश शाहीले बताए ।

जिल्लाका १० वटै स्थानीय तहका प्रमुख, किशोरीवृत्त, प्रतिष्ठित धामी समूह, पत्रकार लगायत सरोकारवालाले छलफल गरी रणनीतिक कार्ययोजना बनाएको हुन्  ।

बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना तर्जुमा परामर्श गोष्ठीमा सहभागीले बालविवाह न्यूनीकरणका लागि पाँच वर्षसम्म गर्नुपर्ने काम बारे छलफल गरेर कार्ययोजना बनाएको छ ।

सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी गरेको थियो ।

किशोरकिशोरीसँग सम्बन्धित सबै मुद्दा सम्बोधन गर्न र बालविवाह अन्त्यका लागि कानून कार्यान्वयन गर्न रणनीति प्रभावकारी हुने अपेक्षा गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]