Dabali News

फेवाताल मुद्दाको पेसी स्थगित, अर्को पेसी कार्तिक १३ गते

३१ साउन

काठमाडौं । फेवातालको जग्गामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टको मुद्दाको आजको पेसी अदालतबाट स्थगित भएको छ ।

सर्वोच्च अदालतले वाटर फ्रन्ट मुद्दाको अन्तिम सुनुवाईको लागि आज पेसी तोकेको थियो । सर्वोच्च स्रोतका अनुसार शाक्यले मुद्दा सार्नको लागि चलखेलसमेत गरेका थिए ।

उनको मुद्दा स्थगितको १५ नम्बरमा सर्वोच्चले प्रकाशन गरेको छ । मुद्दाको अर्को पेसी कार्तिक १३ गते मंगलबारको लागि तोकिएको छ । कानुन व्यवसायी विरामी भएर वहस गर्न नसक्ने अवस्था आएमा २ पटकसम्म पेसी स्थगित गर्न सक्ने व्यवस्था छ ।

अधिवक्ता खगेन्द्र सुवेदीले २०६८ असार २३ गते शाक्यले फेवातालको जग्गा मिचेर रिसोर्ट बनाएको भन्दै रिट दायर गरेका थिए । वैशाख १६ गते न्यायाधीश ओम प्रकाश मिश्र र सपना मल्ल प्रधानको इजालसले फेवाताल संरक्षणको मुल मुद्दा नं.२०६७ (ध्इ) ०६९४ मा रिट जारि गर्दै प्रस्तुत शाक्यसँग समेतको मुद्दामा छानविन गर्न समिति बनाउन सरकारलाई आदेश दिएको थियो ।

सर्वोच्चको आदेश अनुसार वरिष्ठ नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा सरकारले जाँजवुझ समिति बनाएको थियो । समितिले सर्वोच्चमा बुझाएको प्रतिवेदनमा शाक्यले फेवातालको जग्गा मिचेको उल्लेख छ । साथै होटलबाट निस्कने पानी हानिकारक भएको देखिएको छ ।

उनको मुद्दा साप्ताहिक पेसी सूचीको ११ औं नम्बरमा थियो । शाक्यको रिसोर्ट मापदण्ड विपरित भएको भन्दै स्थानीयलेसमेत भत्काउन माग गर्दै आएका छन् । कास्की क्षेत्र नं.३ ’ख’ का प्रदेश सांसद राजिव पहारीले फेवातालको सुन्दरता विग्रने गरी बनाइएका संरचना हटाउनु विकल्प नभएको बताए । सम्वन्धित निकायले समयमै यसबारे नसोच्ने हो भने फेवाताल तस्बिरमा मात्र हेर्न पर्ने अवस्था आउन सक्ने उनको भनाई छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]