Dabali News

Ad

केपी र प्रचण्ड ब्वाँसा हुन् तर भेडाको छाला ओडेर भोट माग्दैछन्ः बाबुराम

१७ मंसिर

सर्लाही । आफ्नो निर्वाचन क्षेत्रका चुनाव सकेर मधेस झरेका नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेकपा एमाले, माओवादी केन्द्रप्रति आक्रामक रुपमा उत्रेका छन् ।

शनिबार सर्लाहीको बरहथवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै डा. भट्टराईले एमाले–माओवादी गठबन्धनका मुख्य नेता ब्वाँसा भएको तर भेडाको छाला ओडेर भोट माग्न आएको बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भेडाको छाला ओडेर भोट माग्न आएका ब्वाँसाहरुलाई मतदाताले चिन्न नसके मुलुकले फेरि ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी समेत दिए ।

त्यसैगरी डा. भट्टराईले नेपाली काँग्रेसको नेतृत्वमा बनेको गठबन्धन दक्षिणतर्फको गठजोड भएको बताउँदै त्यसले पनि मधेसीको समस्या समाधान नगर्ने बताए । उनले एमाले–माके पुरानै साम्यवादी विकल्प दिन खोजेका र काँग्रेस नेतृत्वको गठबन्धनले असफल भइसकेको नवउदारवादी विकल्प दिन खोजेको बताउँदै नयाँ शक्तिले युगको आवश्यकतालाई सम्बोधन गर्ने नयाँ विकल्प दिन खोजेको दाबी गरे

मधेसीहरुले मधेसको मात्रै नभएर सिंगो नेपालको माया गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]