Dabali News

विप्लवसहित ७ नेताविरुद्ध कालिकोटमा मुद्दा दर्ता, पक्राउ पुर्जी जारी

३१ साउन

कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसहित सात नेताहरुविरुद्ध कालिकोटमा मुद्दा परेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्ला अदालत कालिकोटमा बुधबार सातै नेताविरुद्ध मुद्दा दर्ता गरेको हो । प्रहरीले संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले बिहीबार नेकपाले गरेको बन्दका क्रममा कर्णाली राजमार्गको कालेखोला र सदरमुकाम मान्मस्थित मालपोत र नापी कार्यालयको हातामा गराएको बम बिस्फोट गराएको अभियोग उनीहरुविद्ध लगाइएको बताए ।

डीएसपी शर्माका अनुसार विप्लवसँगै पोलिटब्युरो सदस्य भरतबहादुर बम ‘रणवीर’, कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसी, महिला नेतृ धीरेन्द्र उपाध्याय जिल्ला ईन्चार्ज लोकजंग शाही, शान्ति विकविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतले उनीहरुलाई पक्राउ पुर्जी समेत जारी गरेको बताइएको छ ।

बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले शान्नित्रिवेणी गाउँपालिका मुम्राका कासे दर्जीलाई गिरफ्तार गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]