Dabali News

Ad

विजुलीका पोल र तार देखाउँदै भोट माग्दै एमाले नेता विष्ट

१७ मंसिर

गुल्मी । नेकपा एमालेका युवा नेता तथा गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार गोकर्ण विष्टले विद्युतका पोल र तार बाड्दै भोट मागिरहेका छन् । निर्वाचन आचारसंहितामा मतदातालाई प्रभाव पार्नेखाले कुनै पनि कमा गर्न नपाइने बताइएपनि नेता विष्टले पोल र तार बाडेर भोट मागिरहेका छन् ।

एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री समेत भएका विष्टले यसअघि मतदातासँग बोलेका कुरा पूरा नगरेको तर चुनावमा मुखमा रातारात विजुलीका पोल, तार बाडिरहेका छन् ।

एमाले–माओवादी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका विष्टसँग नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति चन्द्र केसीले भिडिरहेका छन् ।
निर्वाचन क्षेत्रमा पोल र तार बाडेको भन्दै काँग्रेस उम्मेदवार केसीले आपत्ति जनाउँदै चुनावको मुखमा गरिने विकासले मतदातालाई भुलाउने नियत मात्रै भएको बताउछन् ।

नेता विष्टले कतिपय ठाउँमा विजुलीका पोल बाँडिरहेका छन् भने कतिपय ठाउँमा चुनाव लगत्तै पुर्‍याउने अाश्वासन बाँडिरहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]