Dabali News

Ad

पोलिट्ब्युरो सदस्यसिहत माकेका अाधा दर्जन नेता सवार गाडी एम्बुसमा पर्‍यो, चालक गम्भीर घाइते

१६ मंसिर

पाल्पा । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्ती चढेको गाडी एम्बुसमा परेको छ ।

शनिबार साँझ तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ नजिकैको जंगलमा अज्ञात समूहले बिछ्याइएर राखेको एम्बुसमा परी गाडी चालक गम्भीर घाइते भएका छन् । नेता घर्तीसहित अाधा दर्जन नेता-कार्यकर्ता सवार रहेपनि सबै सकुशल रहेको प्रहरीले बताएको छ ।

एम्बुसमा परी गाडी चालक तानसेन नगरपालिका–६, भरत श्रेष्ठ गम्भीर घाइते भएका हुन् । घाइते श्रेष्ठको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भएको नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिएका छन् । बम विस्फोट हुँदा ३४२५ नम्बरको लु१ज जिपमा क्षति पुगेको छ ।

घर्ती पाल्पा निर्वाचन क्षेत्र नं २ प्रदेश क्षेत्र (ख) का वाम गठबन्धनका साझा उम्मेदवार हुन् । डेढगाउँमा वाम गठबन्धनको चुनावी कार्यक्रम सकेर उनले दोभानतर्फको आफ्नो घर आउँदा बम विस्फोट भएको बताईएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]