Dabali News

Ad

प्रदर्शनले हिंसात्मक रुप लियो, १ जनाको मृत्यु, २० घाइते

१६ मंसिर

काठमाडौँ । ल्याटिन अमेरिकी मुलुक होन्डुरसमा हिंसात्मक प्रदर्शन बढ्दै गएपछि सेना र प्रहरीलाई थप शक्ति प्रदान गरिएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार गत आइतबारको विवादास्पद निर्वाचनपछि विरोध प्रदर्शनमा हिंसात्मक प्रदर्शन बढ्दै गएपछि सेना र प्रहरीलाई थप शक्ति प्रदान गरिएका हो ।

संवैधानिक सुनिश्चितता स्थगन गरि १० दिनसम्म साँझदेखि बिहानसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । मूख्य विपक्षी उम्मेदवार साल्भाडोर नास्रल्लाले ५ हजार मतपेटिका फेरि गणना गर्नु पर्ने माग गरेपछि परिणाम सार्वजनिक गर्न ढिलो भएको छ ।

अधिकारीहरुले चुनावी नतिजालाई प्रभावित पारेको आरोप लगाएका छन् । चुनावपछिको हिंसात्मक प्रदर्शनका कारण एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

राजधानीबाहिर समेत प्रदर्शनकारीले मुख्य सडक बन्द गर्दैै सवारी साधन जलाएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]