Dabali News

बस दुर्घटना, ८ जना गम्भिरसहित ५७ जना घाइते

३० साउन

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-९ लामाटारमा बस दुर्घटना हुँदा ५७ जना यात्रु घाइते भएका छन् ।

बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नं.को बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको बताइएको छ ।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीबाट थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उपचारको लागि पठाइएको घाइतेहरुमा घिसिङ तामाङ, वीरबहादुर विक, होमबहादुर लामा, प्रेमसिंङ तामाङ, विवामायाँ घले, पूर्ण लामा, उत्तम तामाङ र मङगली रहेका छन् । घाइते अन्यको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ ।

अन्य घाइतेहरुमा ४० जना पुरुष र १७ जना महिला रहेका छन् । घाइते हुनेमा अधिकांश बुङताङ, साल्मे र देउरालीका यात्रुहरु रहेका छन् । बुङताङबाट विहान ८ बजे यात्रु लिएर हिडेको बस ९ः४५ बजेको समयमा लामाटार पुग्दा दुर्घटना भएको हो । सडकबाट करिब ५० मिटर तल खसेको बस क्षतविक्षत भएको प्रहरीले भनाइ छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]