Dabali News

पुल भत्किँदा २६ जनाको मृत्यु, १२ जना बेपत्ता

३० साउन

काठमाडौं । इटालीको उत्तरी पश्चिम सहर जिनोआमा पक्की पुल भत्किँदा २६ जनाको मृत्यु भएको छ ।

१५ जना गम्भीर घाइते भएका छन् भने अझै १२ जना बेपत्ता भएको बताएका छन् । पुलमाथिबाट तीव्र गतिमा गुड्दै गरेका कयौं सवारी साधनसमेत खसेका छन् ।

पुल खस्दा दुर्घटनामा परेकाहरुको खोजी र उद्धारका लागि ३ सय जना परिचालन गरिएको छ । बेपत्ता भएकाहरुको खोजीकार्य भइरहेको छ । भीषण वर्षा भइरहेका बेला पुल खसेको बताइएको छ ।

पुलको सुरक्षाको विषयमा यसअघि पनि प्रश्न उठाइँदै आएको थियो । पुल सन् १९६० को दशकमा निर्माण भएको हो । उक्त पुलले इटालीको रिभेरा र फ्रान्सको दक्षिण तटीय क्षेत्रलाई जोड्दै आएको छ ।

पुलको सन् २०१६ मा मर्मत गरिएको थियो । त्यसयता पुलको नियमित अनुगमन गरिँदै आएको बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]