Dabali News

Ad

चुनावको मुखमा गाईपालन व्यवसायी दम्पतीको क्रुर हत्या, चन्दा नदिएकोले हत्या गरिएको अाशंका

१६ मंसिर

बारा । जिल्लामा एक व्यवसायी दम्पतीको विभत्स हत्या भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका बजनीमा व्यवसायीक रुपमा गाईपालन गर्दै आएका ३७ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपाको विभत्स हत्या गरिएको छ ।

घर नजिकैको गाई फारममा सुतेका उनीहरुको शव शनिबार बिहान हत्या भएको अवस्थामा फेला परेको छ । श्रीमतीको शव गाई फारमभित्र र श्रीमानको शव फारम बाहिर परालको टौवा नजिक फेला परेको छ । शव क्षत विक्षत अवस्थामा छ । अनुहार र टाउकोमा गहिरो घाउ छ ।

घरेलु चक्कु र चिरेको बाँसको भाटाले प्रहार गरेर हत्या गरेको अवस्थामा सुवेदी दम्पतीको शव फेला परेको र थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रमुख राजकुमार बैदवारले जानकारी दिए ।

प्रहरीका अनुसार हत्यापछि हत्याराहरु गाई फारमको पछाडिबाट भागेका थिए । विहान गाईहरु ठूलो स्वरले कराएपछि गएर हेर्दा उनीहरुको मृत्यु भएको देखेको स्थानीय वासिन्दाले बताए ।

गाई फार्म घरभन्दा करिब पाँच सय मिटर टाढा खेतको बीचमा एकान्तमा छ ।

हत्या अनुसन्धानको लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीको टोली बारा पुगेको छ ।

परिवारका अनुसार चुनावमा चन्दा नदिएका कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]