Dabali News

थारु भाषाको पहिलो तीज गीत सार्वजनिक (भिडियोसहित)

२९ साउन

काठमाडौं । विगत लामो समयदेखि कलारिता क्षेत्रमा आवद्ध व्यवसायी तथा समाजसेवी दिपक चौधरीेको निर्देशनमा गोविन्द श्रेष्ठको सहयोगले निर्माण भएको पहिलो ऐतिहासिक थारु तीज गीत सार्वजनिक भएको छ ।

चम्पन सांस्कृतिक समूहको महासचिव दिपक चौधरीले नेपाली थारु चलचचित्रमा काम गर्ने लगायत महोत्सव स्टेजजस्ता विभिन्न सांस्कृतिक कार्यक्रममा जिम्मेवार संयोजकको भुमिकासमेत निर्वाह गर्दै आएका छन् । उनी २०७४ सालको स्थानीय चुनावमा टीकापुर वार्ड नं २ बाट फोरम लोकतान्त्रिक नेपाल पार्टीको तर्फबाट वार्ड अध्यक्ष पदका उम्मेद्वारी समेत दिएका थिए ।

संघीय मामिला तथा स्थानिय विकास राज्यमन्त्रीका स्वकिय सचिवका रुपमा रही कार्य गरेका उनी नेपालको राजनितिमा जुझारु थारु आगुवा समेत मानिन्छन् । उनले चम्पन सांस्कृतिक समूहबाट थुप्रै कलाकारहरु जन्माएका छन् ।

संस्थापक महासचिव रहेका उनकै पहलमा संस्थाको स्थापना भएको थियो । हालसम्म उनले नृत्य निर्देशन गरेका सुपरहित गीतहरुः

टिकापुर बजारमे देख्नु तुहिन, साली ऐई साली, तुहार मिनि स्कटके छाल मजा बा, थुन्यार थुन्यार, मरना त मरनु मै बराबरा मुर्गालगायत थुप्रै गीत तथा म्युजिक भिडियोको निर्देशन गरेका छन् । लामो समयपछि पुनः सांगितिक क्षेत्रमा सक्रिय भएका दिपकको निर्देशनमा तयार परिएको पहिलो थारु तीज गीत बजारमा सार्वजानिक भएको छ ।

दिवाइन फिल्म्सको प्रोडक्सनमा गीत तथा भिडियो युट्युबमार्फट हालै सार्वजनिक भएकोे हो । नरेश जोगीको आफ्नै मोडलिङ्ग, स्वर, शब्द, संगीत र अनु चौधरीको साथ रहेको छ ।

त्यसैगरी गीतमा एरेन्ज केशब बडू, क्यामेरामा रामकृष्ण चौलागाईँ र करण चापागाईँको सम्पादन रहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]