Dabali News

Ad

मत गणना सुरु नहुँदै नारायणकाजी अस्पताल भर्ना

१५ मंसिर

गोरखा । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । गोरखाका चुनाव सकेर काठमाडौँ आएलगत्तै नेता श्रेष्ठ विरामी परेको बताइएको छ ।

गोरखा क्षेत्र नम्वर २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार समेत रहेका नेता श्रेष्ठ ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा भर्ना भएका छन् । उनको हेमोग्लोविनको मात्रा कम भएको र रुखाखोकी लागेका बताइएको छ । चिकित्सकहरुले केही दिन आराम गर्न सल्लाह दिएका छन् ।

चुनावमा भएको खटनपटन र अब अाउने परिणाम दुबैको प्रसेर नै बिरामको मुख्य कारण भएको बताइएको छ ।

नेता श्रेष्ठ तराईका जिल्लाहरुमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्न जाने कार्यक्रम तय गरिएपनि जान सकेका छैनन् । गोरखा २ का अर्का उम्मेदवार डा. बाबुराम भट्टराई भने तराई झरिसकेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]