Dabali News

थापाखोला हाईड्रो पावरको ड्‍याम बाढीले बगायो

२९ साउन

मुस्ताङ । भिषण वर्षासँगै आएको बाढीले जिल्लाको एक हाईड्रो पावरमा क्षति पुर्याएको छ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित थापाखोला हाईड्रो पावरको ड्याममा क्षति पुगेको हो ।

सोमबार राति परेको भीषण वर्षापछिको बाढी ड्याम्पमा पसेको थियो । निजी लगानीमा दुई वर्षअघि निर्माण भएको आयोजनाबाट १३ दशमलव ६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।

ड्याममा बाढी पसेर क्षति र्पुयाएको थापाखोला हाईड्रो पावरका ईन्जिनियर अनिल श्रेष्ठले जानकारी दिए ।

बाढीले ईन्टेक गेट, डिस एन्डर, अन्डर सुलुस, ग्राभेल प्लसिङ गेड, स्टार वाटर, डिजी जेनेरेटर र अप्रेसन औजारलगायतमा क्षति र्पुयाएको उनले बताए ।

ड्याम्पमा क्षति भएपछि आयोजनाबाट विद्युत् उत्पादन प्रभावित भएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]