Dabali News

Ad

चुनावपछि काँग्रेसको जरो उखेलेर हाल्छौंः ओली

१५ मंसिर

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले लोकतन्त्र नै नबुझेकाले उसको नेतृत्वको गठबन्धनले चुनाव हार्ने बताएका छन् । ओलीले काँग्रेस नेतृतवको गठबन्धन दक्षिणपन्थी भएको आरोप समेत लगाए ।

शुक्रबार झापाको क्षेत्र नम्बर ५ स्थित दकम भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी गठबन्धन भन्दा अरु लोकतन्त्रवादी हुन नसक्ने बताए । “कांग्रेसको गठबन्धन लोकतान्त्रिक होइन, दक्षिणपन्थी हो । असली लोकतान्त्रिक गठबन्धन त हाम्रो हो” ओलीले भने । उनले सबै दक्षिणपन्थी एक भए जरैदेखि उखेलेर फाल्न सजिलो हुने समेत बताए ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जथाभावी निर्णय नगर्न चेतावनी दिए । उनले अहिले गरेका निर्णयहरु चुनावपछिको सरकारले एकमुष्ठ रद्द गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]