Dabali News

Ad

इरानमा भूकम्प गयो, मानिसहरु सडकमा निस्के

१५ मंसिर

काठमाडौं । इरानमा भूकम्प गएको छ । शुक्रबार गएको भूकम्पले इरानको दक्षिणपूर्वी इलाकालाई केन्द्रबिन्दु बनाएर ६.० म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

भूकम्पको केन्द्रबिन्दु केरम्यान प्रान्तीय राजधानी केरम्यानसहरलगायत इरानको अधिकांश भूभागहरुमा कम्पन महशुस गरिएको थियो ।

मानिसहरु घरबाड सडकमा निस्केपनि क्षतिको विवरण अाइ नसकेको स्थानीय संचारमाध्यमहरुले बताएका छन् ।

इरानमा गत नोभेम्बर १२ मा आएको ७.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४७० भन्दा बढीको मृत्यु भएको थियो ।

सो भूकम्पबाट नौ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । यस भूकम्पबाट केम्र्यानशाह प्रान्तमा १६ हजार घर क्षतिग्रस्त भएका छन् ।

सन् १९९० को जुन १ मा इरानको इतिहासमा सवैभन्दा डरलाग्दो भूकम्प आएको थियो । यस भूकम्पमा परी कम्ती ३७ हजार व्यक्तिको मृत्यु भएको थियो ।

त्यसैगरी केरम्यान प्रान्तको बाममा सन् २००३ को डिसेम्बरमा आएको भूकम्पमा परी कम्तीमा ३१ हजार व्यक्तिको मृत्यु भएको थियो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]