Dabali News

Ad

सम्राट आकिहितोले उमेर र स्वास्थ्यका कारण राजगद्दी त्याग्ने

मंसिर १५

काठमाडौँ । जापानी सम्राट आकिहितोले सन् २०१९ को अप्रिलमा राजगद्दी त्याग्ने भएका छन् ।

८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका कारण जिम्मेवारी पूरा गर्न कठिन भएको बताएका थिए ।

गद्दी त्यागबारे शुक्रबार भएको छलफललगत्तै सञ्चारकर्मीसँग प्रधानमन्त्री आबेले ३० अप्रिल २०१९ मा सम्राटले गद्दी त्याग्ने तय गरेको जानकारी दिएको बताइएको छ ।

सरकार र शाही परिवारबीचको छलफलपछि राजगद्दी त्याग्ने मिति तय गरिएको हो । सहमति लगत्तै प्रधानमन्त्री सिन्जो आबेले मिति घोषणा गरेका छन् ।

एजेन्सीका आनुसार पछि राजकुमार नारु हितोले गद्दी सम्हाल्ने छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]