Dabali News

‘राता चामलको भातले’ लाएको पिरतीः दुर्गा प्रसाईँको बिएण्डसीले सम्बन्धन पाउने पक्का

२९ साउन

काठमाडौं । सरकारले विवादित व्यक्ति दुर्गा प्रसाईँले सञ्चालन गरेको झापास्थित बिएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धन दिन तयारी गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रसाईँले प्रभावमा परेर मागदण्ड नपुगेको बिएण्सीलाई सम्बन्धन दिन सरकार लागि परेको भन्दै चौतर्फी विरोधको बेवास्ता गर्दै सो तयारी भएको हो । प्रधानमन्त्री ओली आफै सम्बन्ध दिन अग्रसर भएको बताइएको छ ।

डा. गोविन्द केसीसँग भेट गरेको गर्नु अघि शुक्रबार प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासलाई मेडिकल कलेज सञ्चालन गरेर विएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन दबाब दिएको बताईएको छ । त्यसको भोलिपल्ट शनिबार डा. गोविन्द केसीले प्रधानमन्त्रीलाई भेटेर आफुसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिएका थिए ।

प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति दासलाई बालुवाटार बोलाएर विएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन दबाब दिएको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्रीका सहयोगिले भने यो बीचमा प्रधानमन्त्री ओलीले पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीलाई नभेटेको भनेका छन् । तर, उपकुलपतिलाई बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र झापासहित पूर्वबाट प्रतिनिधित्व गर्ने नेकपाका १०–१२ जना सांसद समेत सहभागि भएको स्रोतको दाबी छ । सांसदहरुकै अगाडि प्रधानमन्त्री ओलीले उपकुलपति दासलाई बिएण्डसीलाई तत्काल मेडिकल कलेजको सम्बन्ध दिन भनेको बताइएको छ ।

त्रिवि र केयूले मेडिकल कलेज सञ्चालन गर्ने कोटा पुगिसकेको भन्दै प्रधानमन्त्री ओलीले अब पियूले सम्बन्धन दिनु पर्ने धारणा राखेका थिए । प्रधानमन्त्री अाफै अग्रसर भएकोले बिएण्सीले सम्बन्धन पाउने पक्का जस्तै भएको छ ।

प्रसाईँले विदेशमा मेडिकल शिक्षाको लागि विदेशमा जाने विद्यार्थीबारे विवादित अभिव्यक्ति दिएका थिए । उनलाई कारवाहीको लागि अझै पनि आवाज उठिरहेको छ ।

मार्सी चामलको भातले ओली र दाहाललाई प्रभावमा पारेको भन्दै सडक संघर्ष समेत भएको थियो । तिनै जनाले सँगै राता चामलको भात खाइरहेको फोटा सार्वजनिक भएसँगै ओली र दाहाल पनि विवाद तनिएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]