Dabali News

Ad

चीनमा ‘नेपालको ऐना’ नामक एकल चित्रकलाको प्रदर्शनी

१४ मंसिर

काठमाडौँ । च्यांगसु प्रान्तको छाङचांैँ महानगरमा कलाकार लिउ फिङ छिउले नेपालका सम्बन्धमा कोरेका चित्रको प्रदर्शन गरिएको छ ।

नेपाल भ्रमण गरी फर्किएपछि चार वर्ष लगाएर लिउले आफूले कोरेका ९० चित्रकला समावेश गरी लिउ हाइ सु ग्यालरीमा ‘मिरर अफ नेपाल’(नेपालको ऐना) शीर्षकमा एकल चित्रकलाको प्रदर्शनी बुधबार गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी छाङचौंँ महानगर समिति, संस्कृति, सञ्चार तथा प्रकाशन कार्यालय र च्याङ्सु कलाकार संघले आयोजना गरेको प्रदर्शनी पाँच दिनसम्म चलेको थियो ।

चित्रकला प्रदर्शनीका लागि छाङचौँ कलाकार संघ र अन्तरराष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघ छाङचौँ लगायतले सहयोग गरेका थिए ।

सन् २०१३ मा नेपाल भ्रमण गरेका लिउले चिनियाँ मसी, कुची र कागजमार्फत नेपालको रहनसहन, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता लगायत विषयलाई आफूले चित्रमा उतारेको बताए ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले एक सन्देश पठाई कलाकार लिउको कलामा नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र विविध जनताको चित्रण समाबेश गरेको बताए ।

चिनियाँ कलाकार संघलगायत थुप्रै संघसंस्थामा आबद्ध ६८ वर्षीय लिउका चित्रले थुपै्र राष्ट्रियस्तरका पुरस्कार पाएका छन् ।

उनको चित्रकला चीनको राष्ट्रिय कला संग्रहालय, चिनियाँ केन्द्रीय ललितकला प्रतिष्ठानलगायत संस्थामा संग्रह गरिएका छन् ।

प्रदर्शनीका लागि अमेरिका, जापान, स्पेन, दक्षिण कोरिया, सिंगापुर, मलेसिया लगायत विदेश पु¥याएका चित्र स्वदेशमा पनि संग्रह गरिएको बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]