Dabali News

Ad

जपानबाट मस्तिष्कघात पीडितलाई सहयोग

१४ मंसिर

काठमाडौँ । आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या झेल्दै आएका मस्तिष्काघात पीडित पोखराका एक युवकलाई जापानबाट करिब दुई लाख सहयोग गरिएको छ ।

काठमाडौँको न्यूरो अस्पतालमा उपचाररत कास्की भरतपोखरी– ८ का सरोज आचार्यलाई जापानवासी नेपालीले रकम सहयोग गरेका हुन् । आचार्यका नाममा जापानमा संकलित दुई लाख ११ हजार ३९० जापानी यान नेपाल पठाइएको हो ।

करिब दुई साता चलेको संकलन अभियानमा ३२ जनाले रकम सहयोग गरेका थिए । आचार्य रोजगारीका लागि दक्षिण कोरियाबाट काम गर्न नसक्ने भएर फर्किएयता न्यूरो अस्पतालमा निरन्तर रुपमा उपचाररत रहेको उनकी श्रीमती सन्तोषी पौडेलले बताइन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]