Dabali News

Ad

इन्जिनियर रंगे हात भेटिए, ५० हजारसहित अख्तियारको जेलमा

१३ मंसिर

पोखरा । जिल्लाको एक सरकार सिँचाई विकास डिभिजन कार्यालयका इन्जिनियर घुस लिँदालिँदै पक्राउ गरेका छन् ।

नहर सम्पन्न भएको कार्य अनुभव पत्रका लागि ५० हजार घुस लिँदै गर्दा इन्जिनियर गोविन्द भूर्तेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

अख्तियारको क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इन्जिनियर भूर्तेललाई घुस रकमसहित बुधबार पक्राउ गरेको हो । पोखराको बिरौटास्थित सीएम पर्फेक्ट जेभी कन्ट्रक्सनले रुपा गाउँपालिकाको सिद्धमा १ हजार ७ सय मिटर लम्बाईको टाकान्जा टार सिंचाई आयोजना डेढ करोड रुपैयाँको लागतमा बनाएको थियो ।

आयोजना गत असारमा निर्माण सम्पन्न भएर फरफारक समेत भईसकेको थियो । उक्त कन्ट्रक्सनले निर्माण कार्य अनुभवको पत्रका लागि कार्यालयमा निवेदन दिएकोमा भूर्तेलले घुस मागेका थिए ।

भूर्तेलले लिएको रकम उनको निवासबाट बरामद भएको अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]