Dabali News

Ad

वायु प्रदूषणको समस्या न्यूनीकरण गर्न सामूहिक प्रयासको खाँचो

१३ मंसिर

काठमाडौँ । दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रमा वायु प्रदूषणको समस्या दिन प्रतिदिन बढ्दै गएकाले यसलाई न्यूनीकरण गर्न सामूहिक प्रयास रहेको बताइएको छ ।

जनसंख्या तथा वातावरण मन्त्रालय र एकीकृत अन्तर्रा्ष्ट्रिय पर्वतीय विकास केन्द्र(इसिमोड) को आयोजनामा भएको दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रमा वायु प्रदूषण, जलवायु र जनस्वास्थ्य सम्बन्धी कार्यशालामा वायु प्रदूषणबाट कृषि, जलस्रोत र आयआर्जनमा परेको प्रत्यक्ष असरबाट लाखौ मानिस प्रभावित भएको बताएको छ ।

सन् १९९८ मा दक्षिण एसियामा वायु प्रदूषण र अन्र्तरदेशीय प्रभाव नियन्त्रण र रोकथामसम्बन्धी माले घोषणा कार्यान्वयन गर्न सकिएमा यस क्षेत्रमा वायु प्रदूषणले निम्त्याएको असर न्यून गर्न सकिने बताएको छ ।

सम्मेलनमा मन्त्रालयका सचिव प्रकाश माथेमा र इसिमोडका महानिर्देशक डेभिड मोल्डेनले वायु प्रदूषण एक देशको मात्र नभई यस क्षेत्रका सबै देशको साझा समस्या भएकाले यसको रोकथाम र न्यूनीकरणका लागि सामूहिक प्रयास गर्नु पर्नेमा जोड दिए ।

कार्यशालामा दक्षिण एसिया र हिन्दकुश हिमालय क्षेत्रका राष्ट्रका करिब सयजना बैज्ञानिक एवम् नीतिनिर्माताको सहभागिता रहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]