Dabali News

Ad

दिगो आर्थिक विकास हासिलका लागि नेपाल अग्रसर

१३ मंसिर

काठमाडौँ । नेपालले औद्योगिक विकासको माध्यमबाट आफू दिगो आर्थिक मार्गमा अग्रसर भएको बताएको छ ।

अष्ट्रियाको राजधानी भियनामा जारी संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठनको १७ औँ सम्मेलनमा नेपालले आर्थिक विकासको बाटामा अग्रसर भएको बताएको छ ।

सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलकी नेत्री एवं उद्योग सचिव यामकुमारी खतिवडाले औद्योगिक विकासका लक्ष्य र उद्देश्य हासिल गर्न अन्तर्रा्ष्ट्रिय समुदायको सहयोग अपरिहार्य रहेको बताइन् ।

राष्ट्र संघका लागि भियनास्थित स्थायी नेपाली नियोगका अनुसार नेपालजस्ता अतिकम विकसित मुलुकका लागि दिगो औद्योगिक विकास हासिल गर्न उनीहरुको आन्तरिक प्रयासमा बाह्य मुलुकको सहयोग आवश्यक भएको बताए ।

सचिव खतिवडाले युनिडो तथा विश्वभर रहेका साझेदार मुलुकलाई नेपालको अभिमतप्रति सहमति जनाउन आग्रह गरे । सोमबारदेखि शुरु भएको सम्मेलन शुक्रबार सकिने छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]