Dabali News

Ad

होटल तथा लजमा अनुगमन, ठूलो मात्रमा म्याद नाघेको पेय पदार्थ बरामद

१२ मंसिर

लहान । संयुक्त अनुगमन टोलीले लहानका विभिन्न होटल तथा लजमा अनुगमन गरी ठूलो परिमाणमा म्याद नाघेको पेय पदार्थ बरामद गरेको छ ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराई नेतृत्वको टोलीले लहानस्थित मारुती होटल एण्ड लज, विशाल होटल, अचिड होटल, महावीर मिष्टान भण्डार, चौधरी होटल, सिम्रिकल लगायत होटलमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा मारुती होटलबाट ठूलो परिमाणमा फेण्टा, स्प्राइटलगायत म्याद नाघेको पेय पदार्थ बरामद गरिएको खाद्य निरीक्षण एकाइ सिरहाका खाद्य निरीक्षक सृजन जोशीले बताए ।

अनुगमनका क्रममा विभिन्न होटल तथा लजमा सरसफाइको अवस्था कमजोर देखिएको, इजाजत पत्रसहितका कागजात ठीक ढंगले नराखिएको र लजको दररेट नराखिएको पाइएकाले होटल व्यवस्थापकलाई सचेत गराइएको छ ।

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]