Dabali News

Ad

चुनावसँगै सल्यानको बथानमा बत्ति पुग्यो, गाउँहरुले खुशी

११ मंसिर

सल्यान । बागचौर नागरपालिका–९ कोटमौलाको बथानका स्थानीयको घरमा विजुली बलेको हेर्ने लामो समयदेखिको धोको पूरा भएको छ ।

सल्यानको पूर्वी क्षेत्रमा रहेको बथान गाउँमा राष्ट्रिय प्रसारण लाइनबाट विजुली पुगेपछि सो धोको पूरा भएको छ । रोल्पासँग सीमाना जोडिएको बथानमा राजनीति अगुवा टंकप्रसाद शर्माको पहल र खगेन्द्र शर्माको सहयोगमा गाउँमा विजुली पुगेको हो । टंकप्रसाद माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् ।

तत्कालिन ऊर्जामन्त्र प्रभारसँग गाउँमा विजुली पुर्याउन आवश्यक बजेटको लागि शर्माले पहल गरेका थिए ।

सडक संजालसँग जोडिएको उक्त गाउँमा विजुली पुगेपछि स्थानीय खुशी भएका छन् । नजिकै रहेको पातिहाल्ना बजार र बथानका २७–२८ घरमा रातदिन बिजुली बल्ने भएको छ । बत्ति बाल्नमात्र नभएर दैनिक जीवनका अन्य क्रियाकलापहरुमा पनि विजुली प्रयोग हुनेभएपछि जंगल फडाँनी पनि कम हुने र आय आर्जनका कामहरु बढ्ने स्थानीय मदन शर्माले बताए ।

बथानमा विजुली बाल्ने धेरै पहिलेदेखिको धोको पूरा भएको पहलकर्ता शर्माले बताए । “बथानबासीलाई अन्धकारबाट मुक्त गर्न धोको धेरै पहिलेलेखिको हो, बल्ल अहिले आएर पूरा भयो, निकै खुशी लागेको छ” शर्माले अनलाइन डबलीसँग भने ।

यसअघि बथानलाई सडक संजालमा जोड्ने पहलकर्ताहरुमध्ये शर्माको मुख्य भूमिका थियो ।

यही मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरण अन्तरगत सल्यानमा चुनाव हुँदैछ । चुनावको मुखमा बत्ति पुगेपछि गाउँको भोटमा परिवर्तन अाउने बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]