Dabali News

Ad

मतदान सकियो तर नतिजा २१ गतेपछि मात्रै

१० मंसिर

काठमाडौं । देशभरका विभिन्न बम विस्फोट, झडपबीच पहिलो चरणको निर्वाचनको मतदान सकिएको छ ।

हिमाली क्षेत्रका ३२ जिल्लामा विहान ७ बजेदेखि सुरु भएको मतदान ६ बजेसम्म मतदान केन्द्रमा पुगेका सबैले मतदान गरिसकेका छन् ।
मतदानको समय ५ बजे भनिएपनि लाइनमा बसेकाहरुले मतदान गर्ने पाउने निर्वाचन अयोगले बताएको थियो ।

आज निर्वाचन भएका अधिकांश जिल्लाहरुमा बम विस्फोट र झडपका घटना भएका छन् भने रुकुममा दुईओटा मतपेटिकामा आगजनी भएको छ ।

कालिकोट, बाजुरा, रुकुम, रोल्पा, जाजरकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखासहित अधिकांश जिल्लाहरुमा बम विस्फोट र झडपका घटना भएका छन् ।

हुम्ला, कालिकोट, सोलुखुम्बुका केही मतदान केन्दमा शून्य मतदान भएको छ । मतदातामा खासै उत्साह देखिएन ।

सुरक्षाकर्मीले मतपेटिका हेलिकोप्टरबाट ओसारी रहेका छन् ।

निर्वाचन आयोगका अनुसार मतगणना भने दोस्रो चरणको चुनाव (२१ गते) पछि सँगै गर्ने निर्वाचन आयोगले यसअघि नै बताइसकेको थियो ।
झण्डै दश दिनसम्म मतपेटिकाको सुरक्षालाई लिएर मतगणना सुरु गर्नुपर्ने आवाज पनि उठिरहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]