Dabali News

सिर्जनाले मुख खोलिन्ः कतिपय पात्र र चरित्रलाई लिएर प्रचण्डलाई थप मर्माहत बनाउन चाहान्‍न 

९ मंसिर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र स्व. प्रकाश दाहालकी जेठी श्रीमती सिर्जना त्रिपाठीले शोकको घडीमा परिवारसँग जोडिएका कतिपय पात्र र चरित्रलाई लिएर प्रचण्डलगायत परिवारजनलाई थप मर्मात बनाउन नचाहेको बताएकी छन् ।

शनिबार साँझ सिर्जनाले सामाजिक संजालमार्फत पति प्रकाशको निधनपछि पहिलो पटक मुख खोलेकी छन् ।

प्रचण्डलाई कमरेडको समृद्ध नेपालको चाहान सार्थक बनाउन सबै शोकका बेला पनि चुनावी मैदानमा रहेको बताउँदै यतिबेला व्यक्तिगत सन्दर्भ गौण रहेको अाफूले हेक्का राखेकी बताएकी छन् । उनले पार्टीलाई विजयी बनाउन एकजुट हुन समेत अाग्रह गरेकी छन् ।

सिर्जनाले समाजिक संजालमा यस्तो लेखेकी छन्

”प्रियजन, हामी यतिबेला शोकको घडीमा छौं । सँगै ऐतिहासिक चुनावी सँघर्षको राप र तापमा छौं । योबेला कमरेड अध्यक्ष जुन मेरो बुवा प्रचण्डको समृद्ध नेपालको चाहाना सार्थक बनाउन हामी सबै शोकका बेला पनि चुनावी मैदानमा छौं, यो अभिभाराका सामु कतिपय ब्यक्तिगत सन्दर्भ कम्तीमा पनि अहिलेलाई गौण रहेको मैले हेक्का राखेकी छु । म र मेरो परिबारलाई शोकको समयमा साथ दिने सबै जनमानसमा नमन गर्दछु । पार्टी अध्यक्ष कमरेड प्रचण्ड जुन मेरो बुवाको सल्लाह मेरो लागी मार्ग निर्देशक हुन । परिबारसँग जोडिएका र पार्टीका कतिपय पात्र र चरित्रलाई लिएर म यो शोकको घडीमा कमरेड अध्यक्षलगायत परिवारजन र पूरै पार्टीलाई थप मर्माहत बनाउन चाहान्न । हाम्रो सिड़गो पार्टीलाई बिजयी बनाउन हामी सबै एकजुट हुन आग्रह गर्दछु । साथै न्यायको पक्षमा तपाईँहरुको साथ सदा रहिरहने छ भन्ने पूर्ण बिश्वासकासहित बिदा हुन्छु ।”

सामाजिक संजाल र मिडियामा उनीबारे धेरै करा अाएपनि सिर्जनाले भने पहिलो पटक खुम खोलेकी हुन् । उनको यो स्टाटसले उनी केही भन्‍न अातुर छन् र जसले मनमा ठेस लागेको छ भन्‍ने प्रष्टै हुन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]