Dabali News

Ad

देउवाले गरे अहिलेसम्मकै राम्रो कामः स्वदेशी लगानीमा बुढीगण्डकी निर्माण

८ मंसिर

काठमाडौं । चुनावमा मुखमा सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणको जिम्मा नेपाल विद्युत प्राधिरणलाई दिने निर्णय गरेको छ । केही दिनअघि मात्रै आयोजना चिनियाँ कम्पनीलाई दिने सम्झौता सरकारले खारेज गरेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिने सम्झौता गरेको थियो । सम्झौता गर्दा अनियमितता र देशको हितमा नभएको भन्दै सम्झौताको विरोध हुँदै आएको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले जलाशाययुक्त अयोजना स्वदेशी लगानीमै निर्माण गर्ने भन्दै प्राधिकरणलाई जिम्मा दिएको हो । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्जिनियरिङ प्रक्र्युरमेन्ट एन्ड कन्ट्रक्सन (इपिसी) मोडलमा उक्त आयोजना बनाउने निर्णय सरकारले गरेको छ ।

ऊर्जामन्त्री कमल थापाले आजै ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण गर्ने निर्णय भएको जानकारी दिए । आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गर्ने समेत थापाले जानकारी दिए । १५ दिनभित्र एक समिति निर्माण हुने र उसको रिर्पोटका आधारमा काम अगाडि बढाइने मन्त्री थापाले बताए ।

सरकारले कात्तिक २७ गते बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको थियो ।
चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरिएसँग सरकारले भारतीय कम्पनीलाई आयोजना दिन लागेको भारतीय संचारमाध्यमहरु र एमाले र माओवादी केन्द्रका नेताहरुले बताउँदै आएका थिए ।

चुनावको मुखमा भोट जम्मा गर्न आयोजना प्राधिकरणलाई दिएको भन्ने तर्कपनि विपक्षीहरुले गरेका छन् तर जे भएपनि प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री थापाले आफ्नो राजनीतिक जीवनमा सबैभन्दा राम्रो निर्णय गरेका छन् । यो भन्दा पहिलो दुबै नेताले देशको लागि यतिसम्मको निर्णय समेत गरेका थिएनन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]