Dabali News

Ad

सडक विस्तारका क्रममा सवारी रोक्दै भित्तो काटने काम प्रभावकारी भएन

७ मंसिर

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि केहीबेर सवारी रोक्दै भित्तो काट्दै गर्ने काम प्रभावकारी भएकोे छैन ।

निर्वाचनका कारण यात्रुले दुःख पाउने भन्दै स्थानीय प्रशासनले दिनमा चार पटक सवारी रोकेर भित्तो काटने भनेको भए पनि काम गर्दा प्रभावकारी हुन सकेको छैन ।

आयोजनाका इञ्जिनियर शिव खनाल कालोपत्र गर्ने ठाउँमा पनि एकतर्फी सवारी रोकेर काम गर्नुपर्ने भएकाले भित्तो काट्न लागिएको तीन ठाउँमा सवारी रोक्दा व्यावहारिक नभएको बताए ।

उनका अनुसार सवारी रोकेर काम थालेलगत्तै एम्बुलेन्स आउने, सुरक्षा निकायका सवारी आउने, अन्य अत्यावश्यक सवारी आउने भएकाले ती सवारीलाई आडैमा रोकेरा काम गर्न सम्भव नहुने बताए ।

बिहान ७ देखि ८ः३० सम्म, ११ देखि १२ सम्म, दिउँसो १ देखि २ बजेसम्म र दिउँसो ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने काम भइरहेको छ । यसअघि हिउँदको समयमा दिनभर सवारी रोकेर भित्तो काट्ने काम भएको थियो ।

सडकको नारायणगढबाट १६ किमी ३०० मिटर, घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी ३०० मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी रहेको छ ।

हालसम्म ६० प्रतिशतमात्रै काम भएको छ । आयोजनाका इञ्जिनियर खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्र गर्नुपर्ने हुन्छ । एक दिनमा ३०० मिटर हाराहारीका दरले कालोपत्र गर्न सकिएको उनले बताए ।

नारायणगढ–मुग्लिन सडकखण्डको ३४ किमी सडक खण्ड फराकिलो बनाइने बताइएको छ । नारायणगढबाट १६ किमीसम्म सडक ११ मिटर फराकिलो हुनेछ ,मुग्लिनसम्म ९ मिटर फराकिलो सडक बन्दै छ,सडकको सबै भाग कालोपत्रे हुनेछ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]