Dabali News

Ad

शिरकोट विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन

७ मंसिर

काठमाडौँ । पूर्वी चितवनको राप्ती नगरपालिका ७ स्थित शिरकोट विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गरिएको छ ।

आयरल्याण्डमा रहेका नेपाली तथा जिल्ला शिक्षा कार्यालय चितवनको आर्थिक सहयोगमा सो विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो ।

चन्दादाताबाट तीन लाख ४८ हजार, जिल्ला शिक्षा कार्यालयबाट दुई लाख ४० हजार तथा आयरल्याण्डका नेपाली र अन्य विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले पुस्तकालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले जानकारी दिए ।

विद्युतीय पुस्तकालयमा १५ वटा कम्प्युटर राखिएको छ । पुस्तकालय स्थापनाको लागि पूर्वी चितवनको वीरेन्द्रनगर घर भएका नेपाल आयरल्याण्ड समाजका महासचिव गंगाराम कँडेलको पहलमा आर्थिक संकलन गरिएको थियो ।

नेपाल आयरल्याण्ड समाजले १५ जना गरिब असहाय तथा जेहेन्दार विद्यार्थीलाई एक वर्षका लागि चाहिने छात्रवृत्तिसमेत वितरण गरेको चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्माले जानकारी दिए ।

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]