Dabali News

Ad

रविन्द्र मिश्रले नेपाललाई भारतमा गाभ्ने षड्‍यन्त्र यसरी गरेका थिए (प्रमाणसहित)

६ मंसिर

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई चुनाव मुखमा नेपाललाई भारतमा गाभ्ने षड्यन्त्र गरेको गम्भीर आरोप लागेको छ । उनीमाथिको यो अारोप नयाँ होइन । उनी अरुको योजनाबाट परिचालिन भएका हुन भन्‍ने कुरा धेरैलाई लागेकै छ ।

नेपाललाई भारतसँग गाभ्ने षड्‍यन्त्रमा मिश्र बेलायतबाटै परिचालित भएका थिए ।

कसरी परिचालित भएका थिए ? 

सन् २००० मा बीबीसी वर्ल्ड सर्भिसको दक्षिण एसियाली बहस ‘साउथ एसियन डिबेट्स’ मा नेपाललाई भारतसँग गाभ्दा के हुन्छ ? भन्दै स्रोता र पाठकसँग सोधिएको थियो । उक्त प्रश्न रेडियोबाट पनि पढेर सुनाइन्थ्यो र अनलाइन सस्करणमा पनि राखिएको थियो ।

वि.सं. २०५७ सालमा चलाइएको कार्यक्रममा यस्तो थियो सोधिएको प्रश्न- ‘नेपाल गरिब, अविकसित राष्ट्रका रुपमा रहेको छ । दक्षिण एसियाका अन्य देशहरुमा भन्दा यहाँ परिवर्तन निकै ढिला भएको छ । भाषा, संस्कृति र धर्म लगायतका विषयमा निकै समानता जब छ भने नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्दा अझ राम्रो होला ?’

उक्त प्रश्नको जवाफमा दिने सबैले प्रश्नप्रति अापत्ति जनाउँदै स्वतन्त्र देशमाथिको अपमान भनेका थिए ।

चौतर्फी विरोध भएपछि केही सच्चाइएको थियो । पछि ‘के नेपालले भारतसँग नजिकको सम्बन्ध विकास गर्नुपर्छ ?’ सोधिएको थियो ।

एउटा सार्वभौम देशमाथि यस्तो प्रश्न किन सोधिएको होला वा बीबीसी नेपाललाई भारतसँग गाभ्न किन लागेको होला भन्ने प्रश्नको उत्तर अझै नेपालीले पाएका छैनन् । त्यसको उत्तर मतदाताले मिश्रसँग मागेका छन् ।

यस्तो थियो सच्चाइएको प्रश्न । 

सन् १९९५ बाट मिश्रले बीबीसीमा जागिर सुरु गरेका थिए । सुरुका केही वर्ष नेपाली सेवामा काम गरेपनि मिश्रले अंग्रेजी भाषाका कार्यक्रम वर्ल्ड टुडे र न्यूज आवर र पछी बीबीसी वर्ल्ड सर्भिस न्यूज रुपममा काम गरे । उक्त प्रश्न त्यही वर्ल्ड  टुडेको अनलाइनमा उक्त प्रश्न राखिएको थियो । जो अहिले पनि हेर्न सकिन्छ । बीबीसीले पुरानाका कार्यक्रम अर्काइभमा राखेको छ ।

२०५७ सालमा नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । कोइरालाले पनि उक्त प्रश्नप्रति आपत्ति जनाएको बताइन्छ । कोइरालाले तत्कालिन बीबीसी नेपाली सेवाका प्रमुख खगेन्द्र पन्तसँग पनि यो प्रश्नबारे कुरा गरेका थिए ।

मिश्र अहिले बीबीसीको जागिर छोडेर राजनीतिमा अाएका छन् । अहिले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लडिरहेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]