Dabali News

Ad

पर्यटकीय शहर धनकुटा आकर्षित गर्न पहिचानका स्तम्भ

५ मंसिर

काठमाडौँ । पूर्वको पहाडी शहरमा वर्षेनी फरकफरक प्रकृति र पहिचान बोकेका स्तम्भ निर्माण भइरहेका छन् ।

पर्यटकीय शहर धनकुटाको भेडेटार, हिले, तेह्रथुमको वसन्तपुर, लसुने र संखुवासभाको मुढेशनिश्चरे बजारमा यसअघि नै स्तम्भ बनिसकेका छन् ।

भेडेटारमा शंख, हिलेमा तोङ्वा, लालीगुराँस नगरपालिकाको वसन्तपुर गुराँसको रुख, लसुनेमा लसुनको पोटी र शनिश्चरेमा यलम्बर, आठराई गाउँपालिकाको संक्रान्तिबजारमा फाल्गुनन्दको स्तम्भ बनेको छ ।

बजारमा आइपुग्ने आगन्तुकलाई स्थानीय पहिचानबारे अनुमान लगाउन सहज होस् र उनीहरुलाई आकर्षण पनि गरोस् भन्ने उद्देश्यले यस्ता स्तम्भ निर्माण भइरहेका छन् ।

कोदोबाट बनाइएको स्वादिलो तोङवाका कारण कहलिएको हिले बजारमा स्थानीय सहयात्रा युवा क्लबले नौ लाखभन्दा बढी खर्च गरेर देशकै ठूलो र कलात्मक तोङवाको स्तम्भ निर्माण गरेको छ ।

एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार वसन्तपुरमा निर्माण गरिएको फुलिरहेको गुराँस स्तम्भले पनि यस क्षेत्रमा पर्यटक लोभ्याइरहेको छ ।

स्तम्भ निर्माणपछि देशविदेशका गुराँसप्रेमी वसन्तपुर आएर रमाउने गरेका निर्माण समिति सचिव निरोज खड्काले बताए ।

बजारमा बन्दागोभीको खपत बढी हुने र यसको संकलनका साथै निकासी हुने मुख्य बजारको रुपमा पहिचान बनाएकाले स्तम्भ बनाउन लागिएको हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]