Dabali News

Ad

कतारले तोक्यो मासिक तलब ! नेपालमै मकै पोलेर बेच्दा त्यसको दोब्बर कमाई

२ मंसिर

काठमाडौं । कतारले आप्रवासी कामदारको न्यूतनम तलब तोकेको छ । विभिन्न देशहरुबाट वैदेशिक रोजगारीको क्रममा कतार पुगेका कामदारको श्रम शोषण भइरहेको भन्दै लामो समयदेखि अधिकारवादी संस्थाहरुले न्यूनताम तलबको माग गर्दै आएका थिए ।

कतारको श्रम मन्त्रालयले पहिलोपटक विदेशी कामदारको मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको छ । नेपाली रुपैयाँ २० हजार हुन्छ । कतार सरकारले औपचारिकता पूरा मात्रै गरेको छ । पहिला अवैधानिक रुपमा श्रम शोषण गथ्र्यो भने अब वैधानिक रुपमा श्रम शोषण गर्ने भएको छ ।

कतारी श्रममन्त्री इसा अल नउमीले विदेशी कामदारको न्यूतम तलब ७ सय ५० रियाल तोकिएको जानकारी दिँदै उक्त रकम भन्दा कममा श्रम सम्झौता स्वीकार नगर्ने जानकारी बताए ।

रोजगारको सिलसिलमा हजारौं नेपाली कतारमा छन् । उनीहरुको मालिक तलब अब २० हजार तोकिएको छ । कतारमा जति जोखिम छ, त्यसको अगाडि यो तलब अन्यायपूर्ण छ ।

जागर भए दुई घण्टा मकै पोलेर बच्ने हो भने त्यसको दोब्बर कमाई नेपालमै हुन्छ ।

मकतारले तोकेको तलब कुनै खुशीको कुरा नभएर वैधानिक श्रम शोषण हो । यसको विरोध गर्नुपर्छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]