Dabali News

Ad

पर्दाफासः बस्नेतले एमालेसँग मिलेर आफ्नै पार्टीका नेतालाई हराउन यस्तो योजना बनाएका थिए

२९ कात्तिक

सल्यान । कुरा दोस्रो संविधान सभा निर्वाचनको हो । पार्टीभित्र घात र अन्तघात हुने नेपाली राजनीतिमा नयाँ होइन । अन्तरघात मात्रै होइन हत्या समेत भएको कुरा केही नेपाली राजनीतिकर्मीमाथि आरोप लाग्दै आएको छ ।

तर, सँगै लडेका,  सँगै मुक्ति र मृत्युको कसम खाएका, एउटाको रगत बगे अर्कोले सपना पूरा गर्ने वाचा गरेर जनयुद्ध लडेका नेताहरुले आफ्नै सहकर्मीलाई अर्को पार्टीसँग मिलेर चुनाव हराउने षड्यन्त्र गरेको सुन्दा कसैलाई विश्वास नलाग्न सक्छ । तर, माओवादी केन्द्रका नेता टेबहादुर बस्नेतले त्यस्तै गरेको खुलासा भएको छ ।

विना विभागीय मन्त्री समेत रहेका नेता बस्नेत एमाले–माओवादी केन्द्रको गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । उनको चुनावमा खटिरहेका बस्नेतका एक सहकर्मीले नेता बस्नेतले आफ्नै पार्टी अर्का नेता भीमप्रकाश शर्मालाई नेकपा एमालेसँग मिलेर हराउन रचिएको षड्यन्त्रको पर्दाफास गरे । शर्मालाई टिकट दिन नहुने, दिएपनि पनि २ नम्बरमा दिनुपर्ने पार्टी केन्द्रलाई बस्नेतले दवाव दिएका थिए । तुलनात्मक रुपमा २ नम्बर भन्दा १ नम्बर क्षेत्रमा माओवादीको पडक क्षेत्र हो । पार्टीले निर्वाचन क्षेत्र नम्बर १ मा बस्नेत र २ मा शर्मालाई टिकट दियो ।

टिकट दिनबाट रोक्न नसकेपछि नेता बस्नेताले शर्मालाई हराउने योजना बनाउन जुटे । २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचन आउन केही समय मात्रै बाँकी थियो । बस्नेतले काठमाडौंस्थित अाफ्नै डेरामा अाफू निटकका केही नेताहरुलाई बोलाए । उनले शर्मालाई हराउनुको कारण र योजनाबारे ब्रिफिङ गरेका थिए । छलफलमा बस्नेतले शर्मालाई हराउनुपर्ने कारण र योजनाबारे बुँदागत रुपमा पेश गरे ।

कारण

  • माओवादी केन्द्रका प्रभावशाली नेता प्रभाकर निकट शर्माले जिते आफ्नो पार्टी केन्द्रसँगको सम्बन्ध असर पर्ने र आफूभन्दा पहिला मन्त्रीसँग हुन सक्ने ।
  •  टिकट लिँदा आफ्नो निर्वाचन क्षेत्र तोकेको । जसले आफूलाई हराउन लागेको षड्यन्त्र हुन सक्ने ।
  • टिकट लिँदा आफूलाई बाइपास गरेको ।

हराउने योजना

  • तुलनात्मक रुपमा माओवादीको पकड कम भएको निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सफल भएको । जहाँ एमालेका नेता प्रकाश ज्वाला चुनावी मैदानमा थिए । उनी जिल्लाका बलिया उम्मेदवार थिए ।
  • जिल्लाको निर्वाचन परिचालन समितिको जिम्मा आफूले लिने र शर्मालाई भौतिक र आर्थिक संकट पार्ने ।
  • एमाले नेता प्रकाश ज्वालासँग गोप्य रुपमा छलफल गर्ने र आफ्नो क्षेत्रमा रहेका एमालेका कार्यकर्तालाई आफूलाई सहयोग गर्न लगाउने र शर्माको क्षेत्रमा एमालेलाई सहयोग गर्ने ।
  • नेता शर्माको क्षेत्रमा प्रभाव पार्नसक्ने जिल्ला नेताहरुको कार्यक्षेत्र बदल्ने ।

“पहिलो चरणको छलफल सकेर मलाई जिल्लामा जान भन्नुभयो, म जिल्लातिर लागे, त्यसपछि कोकोसँग छलफल गर्नु भयो थाहा त भएन तर मसँगको छलफलजस्तै गरी जिल्ला परिचालन भयो” ती नेताले भने । उनले आफू केही बाध्यताले मात्रै नेता बस्नेतसँग रहेको समेत अनलाइन डबलीसँगको कुराकानीमा बताए ।

नेता बस्नेतले बनाएको योजनाअनुसार नै चुनावको नजिता पनि यस्तै आएको थियो । आफूले जितको थिए भने शर्माले पराजित ।
आफू नेता बस्नेतकै प्रचारमै रहेको तर पहिलेजस्तो उत्साह कार्यकर्तामा नरहेको बताउँदै ती नेताले भने, “जिल्लाको ठूलो संख्यामा साथीहरु बागी उम्मेदवारी दिएर छुट्टै चुनाव प्रचारमा छन्, पहिलेजस्तो उत्साह छैन । एमालेसँग तालमेल भएपनि आफ्नो मुख्य शक्ति नभएकाले जित्नेमा ढुक्क हुन सकिएको छैन ।”

एमालेसँग गठबन्धनको नाममा जिल्ला पार्टीलाई अपमान हुने गरी केन्द्र टिकट बाँडफाँड गरिएको भन्दै जिल्लाका बहुमत नेता-कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका थिए । नेता बस्नेतविरुद्ध उमाकान्त शर्माले उम्मेदवारी दिएका छन् । त्यसैगरी प्रदेस सभाका एमाले उम्मेदवारविरुद्ध भीमप्रकाश शर्मा र जीतबहादुर पुनले पनि उम्मेदवारी दिएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]