Dabali News

Ad

प्रमुख निर्वाचन आयुक्तको आग्रह

२४ कार्तिक

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले चन्दा दिंदा चेकको प्रयोग गर्न सुझाउनु भएको छ ।

चुनावको मिति नजिकिएसँगै दलहरुले व्यवसायीबाट मोटो चन्दा असुल्ने क्रम शूरु भएको गुनासो बढेका बेला प्रमुख निर्वाचन आयुक्त यादवले निजी क्षेत्रका प्रतिनिधिसँगको अन्तरक्रियामा यस्तो आग्रह गर्नुभएको छ ।

निर्वाचन आचारसंहिता विपरित दलका कार्यकर्ता र उम्मेदवारका प्रतिनिधिले चन्दा संकलन कार्य तीव्र बनाएपछि आयोगले उद्योगी व्यवसायीसँग चन्दाको मितव्यीताबारे छलफल शुरु गरेको हो ।

राजनीतिक लाभ तथा अन्य प्रलोभनमा ब्यवसायीले दल तथा उम्मेदवारलाई आर्थिक सहयोग गर्ने गरेका छन् । यसरी प्रदान गर्ने सहयोग पारदर्शी हुन नसकेकाले चेकको प्रयोग गर्न आयोगले सुझाब दिएको छ ।

प्रमुख आयुक्त यादवले आचारसंहिताको पालनामा जिम्मेवार बन्न ब्यवसायीलाई आग्रह गर्नुभएको हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]