Dabali News

Ad

अधिकारका लागि दलित युवा सम्मेलन सम्पन्न

२४ कात्तिक

काठमाडौँ । ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि दलित युवाको सहभागिता’ भन्ने मूल नाराका साथ शुरु गरिएको ‘नेपाल दलित युवा सम्मेलन’ चौधबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा सम्बन्ध विस्तार गरी संयुक्त राष्ट्रसंघलाई जातीय विभेदका आधारमा हुने सबै प्रकारका विभेद तथा छुवाछूतजन्य व्यवहारलाई छुट्टै अन्र्तराष्ट्रिय समस्याका रुपमा लिई सम्बोधन गर्न र नयाँ संयन्त्र निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ ।

सम्मेलनमा देशैभरिबाट करिब सयजना दलित युवाको सहभागिता रहेको थियो । विभेदसम्बन्धी राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कानून, नीति र मानव अधिकारका सिद्धान्तको कार्यान्वयन गर्न तथा भए – नभएको निगरानी गरी आमसञ्चारको माध्यमबाट सु–सूचित गर्न युवाले पहल गर्नुपर्नेसमेत सम्मेलनले निर्णय गरेको दलित युवा एलायन्सका अध्यक्ष चेतनारायण रसाइलीले जानकारी दिनुभएको हो ।

आम सञ्चारमाध्यमले दलितसम्बन्धी घटनालाई अनुसन्धान तथा विश्लेषणात्मक रुपमा निरन्तर प्रकाशन – प्रसारण गरी अग्रसरता लिन पनि दलित युवाले समन्वय गर्ने भएका छन् । जातीय भेदभाव तथा (कसूर र सजाय) ऐन, २०६८ आए पनि पानी छोएको निहु‌ँमा वा अन्तरजातीय विवाह गरेकै कारण दलित युवाको ज्यान गएको छ ।

महासचिव दीपक सोवीले संघ, प्रदेश तथा स्थानीय तहमा दलित समुदायको अधिकार सुनिश्चितताका लागि दलित युवाको सहकार्यलाई क्रियाशील बनाउने र स्थानीय तहमा निर्वाचित भएर आएका दलित समुदायका जनप्रतिनिधिको क्षमता अभिवृद्धि गर्न पहल गर्ने बताएका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]