Dabali News

Ad

कलाकार निकुञ्जमा बसेर चित्र कोर्दै

२३ कार्तिक

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्राकृतिक दृश्यलाई चित्रमा उतारेर प्रचारप्रसार गर्ने प्रयास सुरु भएको छ ।

नेपाल सहित तीन देशका कलाकार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वस्तीका विभिन्न दृष्यलाई चित्रमा उतार्न व्यस्त रहेका छन् ।

चित्रकलाको माध्यमबाट मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि स्वदेशी विदेशी कलाकारले चित्र बनाएका हुन् ।

प्रकृतिका लागि कला भन्ने नारा सहित आएका कलाकारको १७ सदस्यीय टोलीमा दुई जना विदेशी छन् ,उनीहरु भारत र रसियाका हुन् ।

१० दिनसम्म चित्र कोर्ने कलाकार टोलीले आरक्ष र नजिकको वस्ती अवलोकन गरेपछि आफूले देखेका दृष्यलाई चित्रमा उतार्न थालेका हुन् ।

निकुञ्ज आसपासको प्राकृतिक दृष्य, संस्कृति, रहनसहन लगायतका विषयलाई चित्रमा उतारिने कलाकारहरुले बताएका हुन् ।

सबै कलाकारले दुई दुई वटा चित्र बनाउने छन् । ती सबै ३४ चित्रलाई रिलिप फण्ड फोर आर्ट अफ नेचरमा प्रदान गरिनेछ ।

चित्रले शुक्लाफाँटा निकुञ्जको प्रचारप्रसारमा टेवा पुग्ने होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारीले बताए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]