Dabali News

Ad

भारतबाट नेपालीले पठाए पूर्वराष्ट्रपति यादवको घरभाडा, चेक आइपुग्यो

२२ कात्तिक

काठमाडौं । पूर्वराष्ट्रपति रामबरण यादव आफ्नो निजी घर भाडामा दिएर सरकारी सुविधाको घरमा बस्दै आएका छन् । सरकारले उपलब्ध गराएको घरको भाडाको किचलो पटक पटक हुँदै आएको छ ।

घरभाडा नतिरेको भन्दै घरभेटीले १५ दिने सार्वजनिक सूचना प्रकाशित नै गरेर घर खाली गर्न भनेका छन् । यादवले सरकारसँग भाडा मागिरहेको बेला भारतबाट एक नेपालीले घरभाडा स्वरुप एक हजार भारतीय रुपैयाँ पठाएका छन् ।

युनाइटेड मधेशी, नयाँ दिल्लीका पूर्व महासचिव उमेश कुमार साहले भारतीय स्टेट बैंकको एक हजारको चेक यादवको खातामा जम्मा हुने गरी काटेका छन् । नोभेम्बर ११ अर्थात अाजैको मितिमा काटिएको चेक सामाजिक सञ्जालमा भाईरल बनेको छ ।

सरकारले पहिलो राष्ट्रपतिलाई घर भाडाको विवादबाट बदनाम गर्न खोजेकाले आफूले सांकेतिक सहयोग गरेको बताए ।
साहले मधेशी, थारु, जनजातिलाई पनि घर भाडा उठाएर सहयोग गर्न आह्वान गरेका छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]