Dabali News

कविताः कति छिटो दिल बस्यो कमरेड लारक्यालैमा !

ती दिन गए यी दिन आए सुनेर नि सातो गयो ! सुनेम हाम्ले अव हाम्रो लार्क्याल पो नेता भयो !

ख्यालख्यालैमा हो ख्यालख्यालैमा !

कति छिटो दिल बस्यो कमरेड लारक्यालैमा !

निमुखाको झुपडीको मान्छे हुँ म भन्थ्यौ हिजो !

झुपडीमै बास थियो हो नै जस्तो बन्थ्यौ हिजो !

कति प्यारो देख्ने गर्थ्यौं तिम्ले झोला भिरेपछि !

कस्को थियौ कस्को भयौ तिमी सहर छिरेपछि !

ख्यालख्यालैमा हो ..!

हाम्रा थोत्रा थाङ्नामा नि मजासँग निद लाग्थ्यो

हामी बस्थ्यौं गौंडा रुँघ्न तिम्रो डर टाढा भाग्थ्यो

हाम्रै ढिडो गुन्द्रुकमा तिम्रो जिब्रो रमाउँथ्यो

हाम्रै आँगनीमा हाम्रो सेना डेरा जमाउँथ्यो

ख्यालख्यालैमा हो…!

तिम्रा काँखमा रमाउँथे धुस्रे फुस्रे केटाकेटी !

निहुरेर नमस्कार भन्ने गर्थ्यौ हाम्लाई भेटी !

ती दिन गए यी दिन आए सुनेर नि सातो गयो !

सुनेम हाम्ले अव हाम्रो लार्क्याल पो नेता भयो !

ख्यालख्यालैमा हो ..!

हामी झनै चाउरियौं तिमी चिल्लो बन्दै गयौं

नमस्कार गर्दा पनि चिनिन त भन्दै गयौं

हिजोसम्म हाम्रा थियौ आजबाट उस्का भयौं

कति चाँडै कमिसन चन्दा अनि घुसका भयौं

ख्यालख्यालैमा..!

लड्नेहरू किनारामा ट्वाल्ल हेरिराखेका छन् !

लार्क्याल पो छिरिकन टन्न स्वाद चाखेका छन् !

गणतन्त्र ल्याउँनलाई हामी लड्यौं मरीमरी !

डाडु पन्यु लार्क्यालको हातमा भो कसो गरी ?

ख्यालख्यालैमा..!

कवि माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]