Dabali News

Ad

नयाँ शक्ति बाबुरामको नियन्त्रणभन्दा बाहिर, मैदान खाली हुँदै

काठमाडौँ । आर्थिक क्रान्तिका नारा दिएर गठन भएको नयाँ शक्ति नेपाल पार्टी अराजक बन्दै गएको छ । नयाँ शक्तिको जन्मदाता डा. बाबुराम भट्टराईको नियन्त्रणभन्दा बाहिर गएको छ ।

वैकल्पिक राजनीतिक शक्ति निर्माण अभियानमा जुटेको बताउँदै डा. भट्टराईले लामो पसिना बनाएको माओवादी आन्दोलनलाई परित्याग गरे । केही पूर्व प्रशासक, केही महत्वकांक्षी कलाकार र विभिन्न राजनीति पार्टीभित्रका असन्तुष्ट–अबसरवादीहरु बाबुरामको वरिपरी आए । यसलाई ठूलो उपलब्धी भन्दै उनी निकै उत्साहित भए ।

भारतको केजवारीवालको जस्तो राजनीति नभएपछि बाबुराम वरिपरी गोलबन्द भएकाहरुले विस्तारै छोड्दै जान सुरु भयो । स्थानीय तहमा नयाँ शक्ति नेपाल पार्टीले भोगेको सर्वनाक पराजयले उनीहरुको अबसरवादी सोँचमा ढ्यांग्रे ढोक्यो । बाबुरामलाई भर्याङ बनाएर रातारात सत्तामा पुग्ने सपना बोकेर नयाँ शक्तिमा प्रवेश गरेकाहरु विभिन्न अवसरको खोजी गर्दै हिड्न थाले ।

केही समय आफैले पसिना बगाएको माओवादी आन्दोलनलाई धारे हान्दै बसेका र पछी नयाँ शक्तिमा प्रवेश गरेका मुमाराम खनालले सुरुमै छोडे । त्यसको केही समयपछि पार्टीभित्रको असन्तुष्टि बाहिर आउँदै गए । एमालेमा पाएको अबसरलाई छोडेर नयाँ शक्तिमा ठूलो भाग खान आएका निर्मल भट्टराईहरुको कुरा पनि बाहिर आयो । अन्ततः उनीपनि एमालेमै फर्किए ।

माओवादी आन्दोलनमा बाबुरामलाई लामो समय साथ दिएका देवेन्द्र पौडेलको कुरा पनि बाहिर आयो । पौडेलले पनि आधा नयाँ शक्ति लिएर माओवादी केन्द्रमै फर्किए । नयाँ शक्तिका संगठन विभाग प्रमुख समेत रहेका पौडेल माओवादी केन्द्रमा फर्काइले नयाँ शक्तिमा ठूलो पहिरो नै लाग्यो । शक्तिभित्र माओवादी धरातल भएका धेरै नेता–कार्यकर्ताहरु पौडेलसँगै फर्किए । यसले बाबुरामलाई राजनीतिक जीवनमै ठूलो चोट पर्यो होला नै । पौडेलले लामो समय बाबुरामको दायाँ हातको रुपमा काम गरेका थिए ।

स्थानीय चुनावमा उपेन्द्र यादवसँग गरेको तालमेलले पनि अपेक्षकृत नतिजा नदिएपछि गएको भूँइचालो रोकिएको छैन । त्यसको पराकम्पन संघ र प्रदेशको चुनावमा पनि जारी छन् ।

विभिन्न जिल्लाको पार्टी कमिटि र चुनाव प्रचारमा रहेका उम्मेदवार नै अरु पार्टीमा समाहित हुँन थालेका छन् । गोरखाकै धेरै नेता कार्यकर्ता माओवादी केन्द्रमा फर्किएका छन् । आइतबार अछाम जिल्ला कमिटि नै एमालेमा समाहित भएको छ । नयाँ शक्तिका केन्द्रीय कार्यकारिणी सदस्य शंकर भण्डारी, जिल्ला संयोजक तीर्थ ढकालसहित जिल्ला नेताहरु एमालेमा प्रवेश गरेका हुन् । ढकालले अछामको निर्वाचन क्षेत्र नम्बर दुईबाट उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिए ।

पूर्वसभासद तथा नयाँ शक्तिकी समानुपातिक उम्मेदवार गंगा चौधरी सत्गौवा पनि एमाले प्रवेश गरेकी छन् । त्यसैगरी डोटीबाट प्रतिनिधि सभामा समानुपातिक सदस्यका उम्मेदवार टीकासिंह नेपालीको नेतृत्वमा दुई दर्जन नेता तथा कार्यकर्ता आइतबार नै एमालेमा प्रवेश गरेका छन् ।

नयाँ शक्ति छोड्ने सबैको भनाई बाबुरामको आर्थिक क्रान्तिको नाराप्रति विश्वाल लागेन भन्ने नै छ । डा. भट्टराईले अगाडि सारेका विचारभित्र उनीहरुले आफ्नो जीवन नदेखेर नै पार्टी छोडेका हुन् । सिंगो नयाँ शक्ति बाबुरामको विचारमा संगठित हुन नसकेपछि जहाँ अबसर पाउने उतै जान थालेका छन् ।

एमाले–माओवादी गठबन्धमा एक हप्ताको लागि मात्रै भएपनि बाबुरामको आगमनले नेता–कार्यकर्तालाई एमाले र माकेमा प्रवेश गर्न सहज बनाइदिएको छ ।

अब बचेको शक्तिलाई पनि आर्थिक समृद्धिको नाराभित्र जीवन देखाउन नसकेपछि नयाँ शक्ति विर्सजन हुने निश्चित छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]