Dabali News

Ad

समानुपातिक उम्मेदवारको नाम सार्वजनिक, बाहुन-क्षेत्रीकै बाहुल्यता 

१७ कात्तिक

काठमाडौँ । निर्वाचन अायोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको नाम सार्वजनिक गरेको छ  । आगामी मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले पेश गरेको बन्दसूची अायोगले शुक्रबार सार्वजनिक गरेको हो ।

विभिन्‍न राजनीतिक दलहरुले संघ र प्रदेश सभाको लागि ६ हजार ९४ उम्मेदवारको नाम पेश गरेका छन‍ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले पत्रकार सम्मेलनमा गरी बन्दसूची सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरिएका नामहरुमा बाहुन र क्षेत्रीकै बाहुल्यता देखिएको छ । खस अार्यको नाममा ८६७ पुरुष र ९९७ महिला छन् । त्यसपछि अादिवासी धेरै छन्, जसमा ७८३ पुरुष र ९३१ महिला छन् । त्यस्तै  थारू पुरूष १५८ र महिला २६२, दलित पुरूष ३४२ र महिला ४९६, मधेशी पुरूष ४५५ र महिला ५६३, मुस्लिम पुरूष ८१ र महिला १५७ उम्मेदवार छन् ।

अपांगता भएका पुरूष १५८, महिला ११५ र अन्य एक तथा पिछडिएका क्षेत्रका पुरूष १०७ र महिला १२२ उम्मेदवारको नाम बन्दसूचीमा समावेश रहेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ र प्रदेशसभा सदस्य निर्वाचनसमेतका लागि ५३ दलले बन्दसूची बुझाएका थिए ।

सार्वजनिक गरिएका उम्मेदवारको योग्यता नपुगेको वा उम्मेदवार हुन अयोग्य भए सात दिनभित्र दावी विरोधमा उजुरी गर्न सकिने अायोगले जनाएको छ ।

समानुपातिकतर्फको निर्वाचन कार्यक्रमअनुसार कात्तिक १८ देखि २४ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिन सकिने, कात्तिक २५ देखि मंसिर १ गतेसम्म त्यस्ता दावी विरोधका निवेदनमाथि जाँचबुझ र निर्णय गर्ने कार्यक्रम छ ।

जाँचबुझपछि बन्दसूचीबाट नाम हटेको सूचना प्रकाशन गरी आगामी मंसिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]