Dabali News

Ad

चिनियाँ पर्वमा रमाए विदेशी विद्यार्थीहरु

१३ कात्तिक

सछुवान (चीन) । चीनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी ९९ पर्व मनाईएको छ । शनिवार विहान सवेरैदेखि चीनका मुख्य शहर तथा ग्रामिण क्षेत्रहरुमा यो पर्व मनाउन मानिसहरुको घुइँचो लागेको थियो ।

त्यसैगरी सार्वजनिक चोक तथा सडकहरुमा समेत ९९ पर्व मनाउनेहरुको कारण बेग्लै रौनकता छाएको थियो । विभिन्न विद्यालय तथा विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरु पनि चाड मनाउन व्यस्त देखिन्थे ।

परम्परागत चिनियाँ चन्द्र पात्रो अनुसार नवौं महिनाको ९ तारिखकै दिन मनाईने हुनाले जोडी नौं (डवल नौं) पर्वको रुपमा लोकप्रिय यस चाडमा मानिसहरु अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दछन् । डवल नौं पर्वमा बुवा, आमा, गुरुलगायतका महानुभावलाई विशेष सम्मान गर्ने चिनियाँ प्रचलन छ । प्राचिन समयमा मानिसहरु यस पर्वमा कामकाजलाई पन्छाउँदै परम्परागत चिनियाँ पोशाकमा सजिएर छाँगो, छहरा, पहाड लगायतका स्थानहरुमा गएर रक्सँ पिउँदै, केक खाँदै नाचगान गरी मनोरञ्जन लिने गर्छन् ।

परम्परागत आकर्षक चिनियाँ पोशाकमा सजिएर भव्य सांगीतिक कार्यक्रम, अभिनय र वृक्षारोपण लगायतका कार्यक्रहरुको आयोजना गरि यो पर्व मनाईन्छ । सन् १९८९ देखि वृद्धवृद्धाहरुलाई सम्मान गर्ने चाडको रुपमा यस पर्वलाई औपचारिक ढंगबाटै मनाउन थालिएको हो ।
यस पर्वकै अवसरमा चीनको सछुवान प्रान्तको नान्छोङ शहरस्थित चाईना वेस्ट नर्मल विश्व विद्यालयले पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो ।

सो अवसरमा गुरु तथा अग्रज विद्यार्थीहरुको सम्मान एवम् सो विश्व विद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी तथा चिनिया विद्यार्थीवीच परिचय, घुलमिल एवम् जानकारी आदान प्रदान गरिएको थियो । उक्त अवसरमा आयोजित नाटक, चिनियाँ कम्फु, पोशाकको प्रदर्शनी, परम्परागत लेखन अभ्यास, साइकल दौड, डोरी नागी खेल, संगीत तथा नृत्य आदिमा चिनियाँ तथा विदेशी विद्यार्थीहरु रमाएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]