Dabali News

Ad

परमाणुशक्ति सम्पन्न देशको रुपमा स्वीकार्नु अमेरिकाको अगाडि एकमात्र विकल्पः उत्तर कोरिया

५ कात्तिक

उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमबारे अमेरिकासँग वार्ता गर्न नसकिने बताएको छ । उत्तर कोरियाकी कूटनीतिज्ञ च्वे सन–हीले आफ्नो देशलाई परहमाणु शक्ति सम्पन्न देशको रुपमा स्वीकार गर्नु अमेरिकाको लागि एउटै विकल्प भएको बताएकी छन् ।

“परमाणु कार्यक्रमबारे कसैसँग वार्ता हुँदैन, कोरियाली प्रायद्वीपमा शान्ति सुनिश्चित गर्नका निम्ति उत्तर कोरियालाई परमाणु शक्ति सम्पन्न देशको रुपमा स्वीकार गर्नु एकमात्र विकल्प हो” च्वेले भनिन् ।

मस्कोमा परमाणु अप्रसारसम्बन्धी एउटा सम्मेलनमा बोल्दै च्वेले भनिन्, “परमाणु अस्त्र उत्तर कोरियाका लागि जीवन र मृत्युको विषय” हो । उनले आफ्नो देशले संयुक्त राष्ट्रसंघको तथाकथित प्रतिबन्धको कार्यान्वयन र उक्साहटपूर्ण कार्यलाई हेरिरहेको बताउँदै आवश्यक परेको समयमा त्यसको जवाफ दिने बताइन् ।

यसअघि सीआइएका निर्देशक माइक पोम्पेओले अमेरिकामाथि परमाणविक क्षेप्यास्त्र प्रहार गर्न उत्तर कोरिया केही महिनाभित्रै सक्षम हुनसक्ने बताएका थिए ।

उत्तर कोरियाले यसअघि नै अमेरिकाको जुनसुकै स्थान आफ्नो क्षेप्यास्त्रको पहुँच बनाइसकेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]